•  

    पुष्कर खड्का,रामेछाप :

    सोलुखुम्बु - सोलुखुम्बुको देउसामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

    जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ को मुल्ठा भिरबाट लडेर स्थानिय ५८ बर्षिय उत्र कुमारी राईको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे भिरमा घाँस काटने क्रममा चिप्लिएर लडेको होे । सोमबार श्रीमान ऐश्र्य कुमार राईसँगै घाँस काट्न गएकी महिला एक्कासी भिरबाट लडेर बेपत्ता बनेको वडा नम्बर ७ का वडा अध्यक्ष रामसर्घष किरातीले बताउँनुभयो ।

    बेपत्ता बनेकी महिलाको शव मंलबार विहान ८ बजे करिब २ सय मिटर तल भिरमा फेला परेको प्रहरीले जनाएको छ । शबलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…