• पुष्कर खड्का
    रामेछाप - रामेछाप जिल्लाको रामेछापमहिला दिवसमा नगरपालिकाले ११० औ श्रमिक महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने भएको छ ।

    नगरपालिकाले दिवसको अवसरमा लोकगीत प्रतियोगीता गर्ने रामेछाप नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगीतामा नगरभरीको महिला समुह, महिला सहकारी तथा आमा समुहमा आवद्ध रहेको महिलाहरुले भाग लिन सक्ने रामेछाप नगरपालिका महिला तथा वालवालिका शाखा अधिकृत सरिता बुढाथोकीले जानकारी दिनुभएको छ ।

    प्रतियोगीतामा सहभागी हुनेहरुले जुनसुकै लयमा सन्देशमुलक गीत गाउन सक्ने, आफ्नै मौलिक रचना हुनुपर्ने र एकै व्यक्ति एक भन्दा बढी प्रतियोगी समुहमा बसेर गाउन नमिल्ने उहाँले बताउनुभयो । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले फागुन २२ गतेभित्र समुह दर्ता गराउन सक्नेछन र उत्कृष्ट समुहलाई आकर्षक पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…