पुष्कर खड्का
रामेछाप -रामेछाप जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बषै पिच्छे बढ्दै गएको छ ।
जिल्ला अदालत रामेछापका श्रेतेदार राम चन्द्र मण्डलका अनुसार चालु आर्थिक बर्षको हालसम्म अघिल्लो बर्षको सरी आएको सहित ७३ सम्बन्ध बिच्छेदको मुद्दा रहेकोमा ४१ मुद्दा पछौट भइसकेको छ । रामेछाप जिल्ला अदालतको तथ्याङ्क अनुसार फागुन महिनाको १९ गते सम्म ४९ महिला र २४ पुरुषले सम्वन्ध बिच्छेदको लागि निबेदन दिएका छन् ।
जिल्ला अदालत रामेछापमा हाल ३२ सम्बन्ध बिच्छेद मुद्दा पछौट हुन बाकि छन् । श्रेतेदार मण्डलका अनुसार गत चालु आर्थिक बर्ष ०७५÷७६ मा सरि आएका सहित १ सय १८ सम्बन्ध विच्छेदका निबेदन परेकोमा ८४ मुद्दाको फैसला भएको थियो । सम्बन्ध बिच्छेदको मुद्दामा कतिपय अबस्थामा मिला पत्र समेत हुने गरेको मण्डलले बताए ।