• काठमाडौं ।  काठमाण्डौको वागमति नदी किनारमा वस्ने सुकुम्वासी वस्तीमा “शान्ति समाज” नेपालको आयोजनामा न्यानो कपडा वितरण गरिएको छ ।

    १५० जना भन्दा वढी उपस्थित बृद्धबृद्धा,अपाङ्ग, अनाथ वालवालिकाका साथै महिला पुरुषलाई सो न्यानो कपडा वितरण गरिएको हो । चितवन टेलरिङ्ग सेन्टर काठमाण्डौंले प्रायोजन गरेको सो कार्यक्रममा किमाथाङ्का वचत तथा ऋण सहकारी संस्था, वौद्ध, होस्टे हैसे संस्था, क्रेस्ट एजुकेशन कन्सल्टेन्सी, चितवन हनी इन्डस्ट्री लगायत संस्थाहरुले सो कार्यक्रममा न्यानो कपडा संकलनमा उल्लेख्य योगदान गरी सहभागिता जनाएका थिए ।



    शान्ति समाज नेपालका पदाधिकारी शान्तिदीप रेग्मी, विरवल तामाङ्ग, दिनेश भट्टराई, लगायत उपस्थित कार्यक्रममा पत्रकार तथा रंगकर्मी भोला अधिकारी, समाजसेवी भूमिनन्द नेपाल, युवाव्यवसायी र किमाथांका व.तथा ऋण सहकारीका अध्यक्ष युवराज खड्का ज्यूको सहभागितामा सो कार्यक्रमको प्रशंषा गरेका थिए । अवको केही दिनमा कर्णाली अञ्चलका केही जिल्लामा र पर्सा जिल्लाको पिछडिएका र दलित बस्तीमा पनी न्यानो कपडा बाडिने कार्यक्रमका संयोजक तथा कलाकार भोला अधिकारीले बताए ।

    केही आफैले पैसा कलेक्सन गरेर केही मनकारीहरुबाट लुगाकपडा संकलन गरेर बितरण गरिएको हो । न्यानो कपडामा स्वीटर, ज्याकेट तथा अन्य सट पाइन्ट मर्मत गरी वितरण गरिएको थियो । सो कार्यक्रममा क्रेस्ट कन्सल्टेन्सीका संचालक सदस्य कैलाश न्यौपानेले सामाजिक कार्यमा सबैले साथ दिनु पर्न बतए । कार्यक्रममा चितवन टेलरका संचालक समाजसेवी तथा युवा व्यवसायी विजय अधिकारी समाज सेवी सन्तोष यदव, राजेन्द्र शाही लगायत सहभागिरहेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…