• सुनसरी/ सुनसरीमा दुई हजारभन्दा धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक रहेका छन् । सुनसरीमा आफ्नो पहिचान खुलाएर आउने यौनिक तथा लैगिक अल्पंख्यकको संख्या २ हजार ३७३ रहेको निल हीरा समाज शाखा कार्यालय धरानले जनाएको छ । जसमध्ये समलिंगी २ हजार १०४, तेस्रोलिंगी १०१ र यौनकर्मी १६८ रहेको समाजले जनाएको छ ।

    यसमध्ये धरानमा समलिंगी ५५४, २९ जना तेस्रोलिंगी रहेका छन् । यौन व्यबसाय गरेर जीवन धान्नेको संख्या २८ रहेको छ । इटहरीमा समलिंगीको संख्या १ हजार ५५०, तेस्रोलिंगी ७२ जना र यौन व्यवसायी १४० जना रहेका छन् ।

    यो संख्या मध्ये ८ जना एचआईभी संक्रमित रहेको तेस्रोलिंगी अधिकारकर्मी रवी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो संख्या खुलेर आउनेको भए पनि यो भन्दा ठूलो संख्या खुलेर नआएको उनको भनाइ छ । “परिवार समाजले नै समलिंगी तेस्रोलिंगी भनेर विभेद गर्ने भएकाले धेरै खुल्दैनन्,” श्रेष्ठले भने, “यदि परिवार र समाजले समलिंगी तेस्रो लिंगीलाई पनि समान व्यवहार र अधिकार प्रदान गर्ने हो भने धेरै व्यक्ति खुलेर आउने छन् । हामी त्यसको पखाईमा छौं ।”

    तेस्रोलिंगी सुमन तामाङले आफू बालिका भएर जन्मिए पनि आफूले छोरी भएको कहिले पनि भावना नआएको बताए । “कानुका नजरमा पनि हामी अरुभन्दा केही पछि परेका छौं । केही अधिकार प्राप्त भए पनि अझै धेरै अधिकार उल्लेख हुन बाँकी छ,” तामाङले भने, “सरकारले समलिंगी विवाहालाई मान्यता दिन बाँकी छ । पुरुष र महिलालले जस्तै हामीले पनि विवाह गर्न पाउनु पर्ने कानुन बन्नुपर्छ, हामी यो कानुनको पखाइमा छौंं ।” उनले सबै नागरिकलाई राज्यले समान दृष्टिकोणले हेरिनुपर्नेमा जोड दिए ।

    “देश संघीयतामा गएको अवस्थामा अब संघीय राज्यले नै सबैलाई समेट्नुपर्छ । स्थानीय तहबाटै बजेट विनियोजन हुनुपर्छ, उनले भने, “सबैलाई संबोधन गर्ने राज्यले हामीले किन संबोधन गर्दैन । हामीले बुझ्न सकेका छैनौं ।” १७ वर्षबाट नील हिरा समाजले आफ्नो अधिकारका क्षेत्रमा काम गर्दै आएको भन्दै तामाङले नागरिकता र राहदानीको अधिकार प्रदान गरिसकेको जानकारी दिए ।

    उनले सञ्चार क्षेत्रले सहयोग गरे थप अधिकार पनि चाँडै पाउन सकिने बताउँदै भने, “अन्य क्षेत्रलाई परिवर्तन गर्ने तपाइँहरुको कलमले हाम्रोबारेमा पनि लेखिदिए परिवर्तन हुन्छ भन्ने लाग्छ । त्यसैले देश संघीयतामा जाँदा हाम्रो बारेमा पनि सबै कुरा स्थानीय तहमा आओस् भन्ने हाम्रो माग छ । यसमा यहाँहरूको सहयोग रहनेछ भन्ने हाम्रो विश्वास छ ।”

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…