•  

    मोरङ । ब्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारको लागि मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कृयाशील पत्रकारहरुले आर्थिक संकलन गरेका छन ।

    पत्रकार पौडेलको काठमाडौको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचारको लागि ४० लाख बढी लाग्ने भएपछि आर्थिक अभियान चलिरहेको छ । उपचारमा सहयोग होस भन्ने उदेश्यले बुधबार पथरीमा कृयाशिल पत्रकारहरुले आ-आफैबाट सहयोग संकलन गरेका हुन ।

    सहयोगको लागि अर्जुन जम्नेली राई, मोहन भट्टराई, सन्तोष राई, दिनेश सुब्बा,बभिमराज अधिकारी, केशव निरौला, राजकुमारी तामाङ,
    अर्पणा केसी, कुमार खड्का, एलिना दियाली, भूमी पठक, गोपाल काफ्लेले रकम संकलन गरेका हुन ।



    त्यसैगरि विवेक न्यौपाने, ईस्वर दुलाल, सरोज निरौला, सनम रोका, अर्जुन काफ्ले, प्रेम केडि भट्टराई, डम्बर सिन्चुरी लगायतले स्वतह स्फूर्तरुपमा रकम संकलन गरेका हुन । संकलन भएको १५ हजार रुपैया उपचार कोषको खातामा पठाइने पत्रकार महासंघ मोरङको सहसचिव शन्तोष राईले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …