• पुष्कर खड्का ,रामेछाप

    रामेछाप–जिल्ला प्रहरी कार्यालय रामेछापले फारार बलात्कारका आरोपित सिन्धुलीका २ युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका २ का पुष्कर गौतम र सोही नगरपालिका ६ स्थित ढुंग्रेबासका २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् ।

    रामेछापको शिरिसेबाट मन्थलीतर्फ आउँदै गरेको ना ७ ख ७२१५ नम्बरको ट्रकमा लिखुतामाकोशी गाउँपालिका ३ धोवीडाँडाबाट लिफ्ट लिएर आएका तीनजना युवतीमध्ये एक जनालाई सोही गाउँपालिका ७ ढ्यांग्रेमा पालैपालो बलात्का गरी फरार रहेका ट्रकका चालक गौतम र सहचालक श्रेष्ठलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनीहरु दुवै जनालाई कारबाहीको लागि जिल्ला अदालत रामेछापमा पेश गरिएको छ । यसअघि उनीहरु घटना लगत्तै भारतमा गएर लुकिछिपी बस्दै आएका थिए । घटना लगत्तै पक्राउ परेका सोही घटनामा संलग्न विजय किङरिङ मगरलाई भने पुर्पक्षका लागि जिल्ला कारगार रामेछापमा राखिएको प्रहरीले जनाएको छ ।

    उनीहरुवरुद्ध पीडित पक्षले २०७६ साल असार १ गते बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापमा मुद्दा दर्ता गराएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…