• एजेन्सी । चर्चित फुटबल स्टार रोनाल्डिन्हो पक्राउ परेका छन् । ३९ वर्षीय ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होलाई नक्कली राहदानीका कारण पक्राउ गरिएको हो । ।

    उनीमाथि नक्कली कागजातबाट नक्कली पासपोर्ट बनाएको आ’रोप लागेको छ । रोनाल्डिन्हो आफ्ना दाजु रोबर्टोसँग पाराग्वे गएका थिए । बुधबार राति पाराग्वेका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पाराग्वेको आन्तरिक मामिला मन्त्रालयले रोनाल्डिन्होलाई पक्राउ गरेको जनाएको छ ।

    स्थानिय मिडियाका अनुसार रोनाल्डिन्होको पासपोर्ट होटलमा फेला परेको थियो । जसमा, पाराग्वेको राष्ट्रियता उल्लेख गरिएको थियो ।

    रोनान्डिन्होले फुटबल करिअरमा पीएसजी, बार्सिलोना, मिलान लगायतका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् भने उनले ब्राजिलबाट ९७ खेलमा ३३ गोल गरेका छन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…