काठमाडौँ,२२ फागुन। मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षा गरे अनुसार सुधार भएको देखिएको र प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बिहीबार ४ बजे पछि अस्पतालमा पत्रकारसँग कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ । साथै मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।