•  

    क्वालालम्पुर

    माघ-७
    रातोकलम अनलाइन।

    मलेसियामा चिनिया नया बर्षको सार्वजनिक बिदामा गर्न लागिएको युनिक धमका-७ कार्यक्रमको बिसय लिएर मोडेल तथा नृत्यकार प्रमिला न्यौपाने र नवीन खड्का बिच विवाद बढ्दो छ। लामो सार्बजनिक बिदाको अवसरमा नेपालका ख्याती प्राप्त कलाकारहरुको उपस्थितिमा गराउन लागिएको धमका कार्यक्रम बारे आयोजक र कलाकार बिचमा कार्यक्रमको बिसय लिएर बिबाद बढेको हो।उक्त कार्यक्रमकै लागि मलेसिया ल्याउन लागिएकी नृत्य कलाकार प्रमिला न्यौपानेको फोटो आयोजकले पोस्टर बाट रातारात हटाए पछि बिबाद सिर्जना भएको न्यौपानेको भनाइ छ। सामाजिक सन्जालमा आयोजक मध्यका नवीन खड्का र प्रकाश योगिले आफू लाई सेक्स प्रस्ताब राखेको भनेर स्टाटस लेखेको पनी थिइन।

    फेब्रुअरी १६ तारिक मलेसियाको मुहार क्षेत्रमा हुन लागेको उक्त धमकाको पोस्टर वाट आफ्नो नाम र फोटो आयोजकले हटाइ दिएको भन्दै सन्जालमा आक्रोश व्यक्त गरेकि हुन।आयोजकले नारी संबेदनसिलता लाई मजाक उडाउदै कार्यक्रमको नाममा सरिरको मोलमोलाइ गरेपछी उनले प्रस्ताब अस्विकार गर्दा यस्तो अवस्था आएको खुलासा गरिन।कार्यक्रममा कला प्रस्तुत गर्ने हो सरिरको मोलमोलाइ होइन भनेर पुन पछिल्लो स्टाटसमा उनले थपिन।युनिक धमका कार्यक्रमको बिबाद बारे मलाया खबर र दर्पण नेपाल  अनलाइनले यश अघिनै समाचार सम्प्रेषण गरिसकेको छ। हामिले आयोजक मध्यका नवीन खडका र प्रमिला न्यौपाने दुबै जना सङ्ग टेलीफोन सम्पर्क गरेर सो बिबाद बारे जानकारी लिएका थियौ।

    आयोजक मध्यका नवीन खड्का सङ टेलीफोन गरेर प्रमिला न्यौपानेको फोटो पोस्टर वाट किन हटाउनु भयो भन्ने प्रस्न गर्दा प्रमिला न्यौपाने लाई सुरुमा कार्यक्रममा ल्याउने सहमती भएपनी कलाकारिता क्षेत्रमा खासै लोकप्रियता नरहेको र दर्सकहरुले नचिन्ने भएको कारण आयोजकहरुको सल्लाह अनुसार हटाएका हौ।भन्ने जवाफ दिए र आफुहरुको चरित्र हत्या गर्न आयोजकले सेक्सको प्रस्ताब गरे भनेर अनगल प्रचार र आफुहरु माथि मिथ्या आरोप लगाएको बताए।यदि म र आयोजक:कमिटी भित्रका जो कोहिले यस्ता हर्कत देखाए र त्यस्तो अपमान जनक शब्द प्रयोग गरेको कुनै स-प्रमाण भए प्रशासन कहाँ गएर आफुहरु माथी मुद्दा दर्ता गराएर कानुनी उपचार खोज्न सक्ने पनि खड्काले बताए।भने प्रमिला न्यौपाने सङ कुराकानी गर्न खोज्दा उनेले रातोकलमका सम्बादाता लाई कुनै उत्तर दिन चाहिनन।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…