विराटनगर । प्रदेश १ मा चालु आर्थिक वर्षको ७ महिनामा टिपर दुर्घटनामा परी ११ जनाले ज्यान गुमाउनु परेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार माघसम्ममा सबै भन्दा बढी मोरङमा भएको ९ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
मोरङको घिनाघाट विराटचौक सडकमा बढी दुर्घटना हुने गरेको छ ।
प्रदेश १ मा मोरङ, सुनसरी र झापा सबै भन्दा बढी टिपर दुर्घटना हुने जिल्लामा पर्छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी आएको छ ।