•  

    सुरबीर पण्डित भन्ने बित्तिकै धेरैले रेडियो नेपाल सम्झिहाल्छन् । रेडियो नेपालको पनि हरेक शनिबार प्रसारण हुने रेडियो नाटक स्मरण गर्छन् । ऊ बेला प्रत्येक शनिबार प्रसारण हुने रेडियो नाटकका चल्तीका पात्र थिए सुरबीर पण्डित । उनै सुरबीर पण्डित अचेल हरेक हप्ता मेरिबास्सैमा देखिन्छन् । उनी यति बेलाका चल्तीका हाँस्य कलाकार हुन् ।

    २०४२ सालदेखि निरन्तर कला क्षेत्रमा लागेका सुरबीर पण्डितको नागरिकताको नाम केशवराज पण्डित हो । प्रावि तह पढ्दादेखि नै हिरो बन्ने एकमात्र उद्देश्य भएका उनलाई आफ्नो न्वारानको नाम “केशवराज” हिरोको जस्तो लागेन त्यसैले उनले हिरो हुन सुहाउने नाम राखेका हुन् “सुरबीर पण्डित” । उनले साढे तीन दशकको कलाकारिताको यात्रामा एकसय भन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् भने ३ दर्जन भन्दा धेरै म्युजिक भिडियो र श्रृङ्खलाहरूमा काम गरिसकेका छन्

    तर यो साढे तीन दशकको कलाकारिताको यात्रामा उनी कहिल्यै हिरो बन्न सकेनन् । यही विषयले उनलाई पीडा दिइरहन्छ । दर्शकमाझ यति लोकप्रिय भएर पनि आफूलाई कलाकार नै नठान्ने सुरबीर पण्डित यति नम्र र इमान्दार छन् त्यसको उपमा उनीबाहेक कतै पाइदैन ।

    उनै सुरबीर पण्डितको कला यात्राको साङ्गोपाङ्गो समेटेर तयार पारिएको भिडियो तलको लिङ्कमा प्रस्तुत छ ।

     

    https://www.youtube.com/watch?v=tN4O3J4rzGI

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…