• धरान, २३ फागुन । प्रदेश १ लाई साहसिक खेल पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले नीति अघि सारेपछि पहिलो पटक सुनसरीको धरानमा व्यावसायिक साहसिक खेल जिपलाइन शनिबारदेखी सुरु हुने भएको छ ।

    वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले धरान ४ भेडेटारदेखी देवीथानसम्म ६ सय ५० मिटरको जिपलाइन सञ्चालन सुरु गर्न लागेको हो । केदार बहादुर थापा, विवश भण्डारी, यम राई र डोलिका लिम्बुलगायतको लगानीमा करिब ३ करोडको लागतमा जिपलाइन सञ्चालन हुन लागेको हो । यस अघि नै जिपलाइनको परीक्षण सफल भइसकेको सञ्चालक मध्येका केदार बहादुर थापाले बताउनुभयो ।

    यो समूहको काभ्रेको धुलिखेलमा जिलाइन सञ्चालित छ । ६ सय ५० मिटर दुरीमा ३० देखि ४० सेकेण्ड समय साहसिक पर्यटकले मजा लिन सक्नेछन् । कम्तीमा १० बर्षदेखि माथिकाले जिपलाइन गर्न सक्ने सञ्चालकहरुले बताएका छन् ।

    धरानको जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकारको हुनेछ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयासम्म लाग्नेछ । जिपलाइनमा प्रयोग गरिएका सामग्रीहरु अन्र्तराष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल भएको कम्पनीको हुने भएकोले सुरक्षामा कुनै समस्या नहुने थापाले बताउनुभयो ।

    यस अघि धरानमा प्याग्याइडिङ सञ्चालनमा आइसकेको छ भने फ्याइङ फक्सको समेत सफल परिक्षण गरिसकिएको छ । यस्ता खेलले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने बताइएको छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…