• उर्लाबारी माघ ७ गते । मोरङको उर्लाबारी–३ मंगलबारेमा जारी पहिलो मेयर कप अन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर ४ विजयी भएको छ । उसले वडा नम्बर ३ लाई १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
    वडा नम्बर ४ को जितका लागि अनिल तिम्सिनाले गरेको गोल निर्णायक बन्यो । तिम्सिनाले दोस्रो हाफको ३०औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भए ।
    प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ४ का गोल किप्पर विक्कि राई भए । उनलाई वडा नम्बर ४का वडा सदस्य कल्याण राईले ट्रफि प्रदान गरे । वडा नम्बर ४ लाई ग्लोबल युथ क्लब आइतबारेको मुख्य प्रायोजन गरेको थियो ।
    सोमबारको खेल वडा नम्बर १ र ९ बीच हुने आयोजक उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…