• काठमाडौं । विश्वव्यापी महामारीको रूप लिँदै गरको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्‍न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ५० विलियन डलर अर्थात् ५८ खर्ब आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

    ७० भन्दा बढी राष्ट्रमा भाइरस संक्रमण फैलिएपछि आईएमएफले सहायता रकम उपलब्ध गराउने घोषणा गरेको हो। संक्रामक रोगसँग लड्‍न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरिब र मध्यम आय भएका राष्ट्रलाई सहायता रकम उपलब्ध गराउने आईएमएफले जनाएको छ। कैयौं राष्ट्रका केन्द्रीय बैंकले ब्याजदर घटाइरहेकै बेला विश्वव्यापी आर्थिक निकायले कोभिड–१९ विरुद्ध लड्‍न प्रदान गरेको यो नै हालसम्मकै सबैभन्दा ठूलो रकम हो। यसै साता विश्व बैंकले पनि कोरोना भाइरस फैलिरहेको विकासोन्मुख राष्ट्रलाई अनुदानस्वरूप १२ विलियन डलर अर्थात् १३ खर्ब ९२ अर्ब उपलब्ध गराउने घोषणा गरेको थियो।

    सहायता रकम घोषणा गर्दै आईएमएफले भाइरस संक्रमणका कारण गत वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा गिरावट आइसकेको चेतावनी पनि जारी गरेको छ। सन् २००८ को आर्थिक मन्दी यताकै सबैभन्दा कमजोर स्थितिमा विश्व अर्थतन्त्र रहेको कोषको भनाइ छ।
    काेराेना प्रकाेप
    आईएमएफकी महानिर्देशक क्रिस्टालिना जर्गिभाले विश्व अर्थतन्त्रमा कोरोना भाइरसले कतिको प्रभाव पार्छ भनेर अहिले नै भन्न नसकिए पनि गत वर्षको तुलनामा सन् २०२० मा विश्व अर्थतन्त्रमा गिरावट आउने बताइन्। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…