•  

    आज भन्दा ३७ वर्ष अघि रेडियो नेपालमा स्वर परीक्षण पास गरेका जितेन राई त्यसभन्दा पहिला गाउँ गाउँमा जनचेतना फैलाउन पञ्चायतका विरुद्धमा गीत गाउँथे । पञ्चायतको आँखाको तारो बनेका जितेन राई पूर्वबाट भागेर काठमाण्डौ पुगे । उनले परिस्थितिबाट बच्नको लागि आफ्नो नाम समेत जितेन्द्र राईबाट परिवर्तन गरेर जितेन राई बनाए । त्यही नाम लिएर रेडियो नेपालमा स्वर परीक्ष दिन भएका जितेन राई आज पर्यन्त नेपाली लोक संगीतको क्षेत्रमा सम्मानित नाम हो । लोक संगीतको भण्डरलाई समृद्ध तुल्याउन उनको योगदान महत्वपूर्ण छ ।

     

    उनका मालिङ्गो केटी नि लै लै बिनायो बाजा, पूर्वै धरान, साउने भेल उर्लेर आउँदा, उराँठै लाग्छ नि डाँडापारि वन, सलल पानी बगेर गयो जस्ता सयौँ गीत अझै पनि नेपाली लोकगीतका पारखीहरूका मनमुटुमा बसेका छन् । लोक संगीत र संस्कृति अन्वेषणमा उनले पुर्याएको योगदान निकै अर्थपूर्ण छ । नेपलाी लोक गीत संगीतका मूलधारका गीतकार, संगीतकार तथा गायक हुन जितेन राई । जितेन राईले आफ्नो सम्पूर्ण जीवन नेपाली लोक संगीतमै काम गरेर बिताए ।
    पछिल्लो समय उनी निर्माता समेत बनेका छान् । लोक संस्कृतिको अन्वेषणको क्रममा उनले बिनायो चलचित्र समेत निर्माण गरेका छन् । नेपाली सिंगो युवा पुस्ता उनका गीत नसुन्ने सायदै होलान् ।

    तलको लिङ्कमा रहेको भिडियोमा उनै जितेन राईको जीवनको कथा प्रस्तुत छ

    https://www.youtube.com/watch?v=L-hwY2htf0E&fbclid=IwAR02ESpms2CS1xUgFt9t4NNgrWsIITyLBTiA47_M3YWxo__SwNUdk5ThnUA

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…