• फागुन २३, पथरी ।
    मोरङको पथरी शनिश्चरे १० मा रहेको पशुपति सामुदायिक वनले गरिवी न्युनिकरण गर्ने उद्ेश्यका साथ एकै साथ ३ वटा कार्यक्रम ल्याएको छ ।
    गरिवी न्यूनिकरण अन्तर्गत वन समूहले ३ महिने सिलाई बुनाई, १ महिने ढाका तान र १ महिने हलुका सवारी साधन चालक सम्वन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
    साथै सो वन समूहले पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको योजना विहिवार बाट सुरु गरेको छ । सामुदायीक वनले १ दशमलव ३ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन सुरु गर्ने भएको हो ।
    सामुदायीक वनले बिभिन्न समयमा विपन्नहरुको अवस्था उकास्न शिपमुलक तालिमहरुको आयोजना गर्दै आएको छ ।
    सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ३ प्रकारको तालिमको उद्घाटन गर्दै उप प्रमुख वास्तोलाले सामुदायीक वन र वन कार्यलयले वन सम्बन्धी कार्य गर्दा नगर र वडालाई जानकारी नै नगराई गर्ने गरेको पथरी शनिश्चरेकी उप प्रमुख यमुना विष्टले बताउनु भएको छ ।
    वनमा भष्ट्रचार मैलाउदै गएको र वन ऐनले धेरै कुराको अधिकार स्थानिय सरकारलाई दिए पनि सामुदायीक वन र वन कार्यलयले अटेर गर्दै अघि बढेको उहाले बताउनु भयो ।
    मोरङको पथरी शनिश्चरे नगरपालिकामा १० वटा सामुदायिक वन र २ वटा धार्मिक वन गरी करिव १२ वटा वनहरु रहेका छन । भने एउटा सव डिभिजन कार्यालय रहेको छ ।
    नगरपालिकाले महिलाहरुको शिपमुलक व्यवसायको लागि नगरकै पहिचान बनाउन २ स्थानमा ढाकातान तालिम सञ्चालन गरिरहेको प्रसंग उल्लेख गर्दै वन समूह सहित संघ संस्थाहरुले यसखाले कार्यक्रम अघि बढाउनु आवश्यक रहेको बताउनु भयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …