• विपेन उलङगे

    क्वालालम्पुर,

    माघ-७

    एकता र मित्रताकाे लागि फुटबल भन्ने मुल नाराका साथ अायाेजना हुन लागेकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियोगिता तेस्राे हिमालयन गाेल्डकपकाे तयारि भब्य रहेकाे हिमालयन फुटबल क्यलबका अध्यक्ष सन्तोष कार्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिए । क्वालालम्पुर स्थित मर्डेका खेलमैदानमा हुन लागिरहेको उक्त खेल ठुलाे धनराशि साथै अाकर्षक पुरस्कारहरु राखिएकाे छ ।

    खेल बिजेता टिम र ब्यक्ती हरुले मेडेल, प्रमाणपत्र र नगद पाउने छन। प्रथम पुरस्कार अारएम २५ हजार, दृतिय पुरस्कार अारएम १० हजार र तृतीय पुरस्कार ५ हजार रहेकाे छ । त्यस्तै खेलमा उत्कृष्ट गाेलकिपर, काेच, खेलाडीलाई पनि अाकर्षक पुरस्कार राखिएकाे छ ।

    बिदाकाे समयलाई सदुपयोग गर्दै स्वास्थ जीवनकाे लागि खेल अावश्यक छ। भन्ने जनचेतना जगाउन र मैत्रीपूर्ण एकता गर्ने खेलको उदेस्य रहेको अायाेजना गरिएकाे खेल क्वलबका अध्यक्ष कार्कीले बताए । खेल फेब्रुअरी १६,१७,१८ मा क्वालालम्पुर स्थित च्युवन स्टेडियम नजिकै रहेकाे अाधुनिक स्टेडियममा फुटबल खेल हुने छ । याे मलेसियाकाे पहिलाे र पुरानो स्टडियम पनि हाे ।

    साथै अायाेजकले मलेसियन प्रहरी  संग नेपाली टिमले मैत्रीपूर्ण फुटबल खेल्ने बताएका छन । नेपाली श्रमिक र मलेसियन प्रहरि बिच मैत्रीपूर्ण भावना जागृत गर्ने उद्देश्यले मलेसियाकाे प्रहरिसंग फुटबल खेल्ने तयारी र प्रक्रिया सुरु भएकाे अध्यक्ष कार्कीले जानकारी दिए ।

    खेल दर्ता फेब्रुअरी ३ तारिख सम्म गर्न सकिने छ । भने प्रवेश सुल्क आर.एम १५५१ तोकिएको छ।खेलमा २० देखि २४ टिम सहभागि हुनेछन् भने खेलाडीहरु नेपाली नागरिक हुनुपर्ने छ । तर बिदेशमा बस्ने नेपाली मुलका नेपाली भाषि नेपाली पनि समिटिनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…