• धरान । सुनसरीको धरानस्थित सियोन स्कुलका एक शिक्षक (होस्टल वार्डेन) ले एसइइ परीक्षाको तयारी गरिरहेकी एक छात्रालाई यौन दुर्ब्यहार गरेको खुलेको छ ।

    घटना ढाकछोप गर्न उनले ती छात्रालाई विभिन्न प्रलोभन समेत दिएका छन् । शिक्षकले होस्टल भित्रै ती छात्रालाई यौन हिंसा गरेपछि उनी होस्टल नै छाडेर घरबाटै एसइइको तयारी गरिरहेकी छिन् । उनीसँगैका अन्य एसइइ दिने विद्यार्थीलाई स्कुलले अनिवार्य होस्टल राखेको छ ।
    पहिला पढाई राम्रै भएपनि घटना घटेपछि ती छात्राको पढाई समेत कमजोर भएको उनकै सहपाठीहरुले बताएका छन् । ‘

    उनी अहिले स्कुल जान समेत रुचाउँदिनन् । एकोहोरो जस्तै भएकी छिन् ।’ उनकै कक्षामा अध्ययनरत एक विद्यार्थीले बताए । छात्राको पढाइ विग्रने डरले अभिभावकले यो विषय बाहिर ल्याउन सकिरहेका छैनन् ।

    धरान–१६ स्थित सियोन स्कुलका डाइरेक्टर खड्ग थापा मगरका आफ्नै भाइ हेमन्त थापा (वार्डेन)ले होस्टलमा बस्ने ती छात्रालाई विभिन्न प्रलोभन देखाई यौन हिँसा गरेका हुन् । उनले ती १५ वर्षिया छात्रालाई घर, गाडी र पैसा समेत दिने प्रलोभन समेत दिएका छन् । विवाहित हेमन्तले होस्टलमा रहेका अन्य किशोरीहरुलाई पनि गलत मनसायले छुने, नजिक हुन खोज्ने, एकान्तमा रहेका छात्राहरुलाई छोप्ने जस्ता कूकृत्य गरेपनि स्कुल ब्यवस्थापनले कुनै कारवाही गर्न सकेको छैन ।

    उक्त घटनामा धरानका महिला अधिकारवादीहरु सविता राई, चेतना श्रेङ, शिला बज्राचार्य लगायतले घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आवाज उठाएका थिए । स्कुलमा किशोरी छात्रामाथि यौन दुर्ब्यहार भएपनि स्कुलका प्रिन्सिपल संजिव वान्तवा राईले किशोरीलाई नै दोषी देखाए । उनले ती किशोरीले होस्टलमा बसेर पढन नचाहेर शिक्षकलाई दोष लगाएको जिकिर गरे । ‘

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …