• उर्लाबारी माघ ७ गते । आईतवार रत्नडिक आधारभुत विद्यालय रतुवाई —९ का स—सना विद्यार्थी निक्कै खुशी देखिन्थे । एकसरो कपडा मात्र लगाएर विद्यालय आउने ति विद्यार्थी जाडोले निक्कै प्रभावित पनि थिए । जाडोबाट प्रभावित ति विद्यार्थीको मुहारमा रतुवामाई १० मा रहेको आरम्भ नाट्य डबली कला साहित्य मञ्चले खुशी ल्याएको हो, न्यानो स्वीटर लगाईदिएर । सुईटर लगाएर विद्यार्थीहरु चिटिक्क मात्र देखिएनन्, निक्कै खुशी पनि भए ।

    आरम्भले औपचारिक कार्यक्रमका बिच ४२ जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्यो । जाडोमा न्यानो कपडा नभएर निक्कै समस्यामा परेको देखेर विद्यार्थीलाई सहयोग गरेको कार्यबहाक अध्यक्ष समिर सुवेदीले बताए ।
    यस अघि उक्त मञ्चले बिराटनगर,सोमबारे,इटहरा बजार लगायतका ठाउहरुका बालबालिका र बृद्घबृद्घालाई न्यानो कपडा बितरण गरिसकेको मञ्चका कोषध्यक्ष नानु पौडेल ले बताउनु बताईन् । उनले सहयोगीदाताको सहयोगमा न्यानो कपडा बितरण गर्न सफल भएको भन्दै दाताहरुलाई धन्यवाद प्रकट गरिन् ।
    कार्यक्रम सन्चालक सस्थाका सचीव पुजन दासलेगरेका थिए ।
    कार्यक्रममा बोल्दै वडा १० नम्बर वडाका अध्यक्ष टंक ढकालले मञ्चले गरेको समाजीक हितका कार्यक्रम प्रति प्रशन्नता ब्यतm गर्नुभयो । ढकालले बिपन्न परिवार लाई सहयोग गरि समाजमा राम्रो प्रभाव पार्न सफल भएको भन्दै प्रशंसा समेत गर्नुभयो । वडा ९ नम्बर वडाका अध्यक्ष इन्द्र चोङवाङले आर्थिक संकलनको पाटो निकै गम्भिर र चुनौतिपूर्ण रहेको र त्यो चुनौतिको सामना सो साहित्य मञ्चले गरेको भन्दै अझै सामाजिक हितका कार्यहरु गर्न उत्पेरणा प्रदान गर्नुभयो ।विद्यालयका प्रअ भेष व.थापाले आरम्भलाई धन्यवाद दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…