• इटहरी। प्रतियोगिताको दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लबले रमपम झापा–११ लाई रोमाञ्चक प्रतिस्पर्धामा हराउँदै मदन भण्डरी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङले झापाविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्यो ।

    मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने बिशाल राईले थप एक गोल गरे । उता पराजित झापाका लागि कर्ण लिम्बु एक्लैले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । यद्यपि उनले झापाको हार भने टार्न सकेनन् । आइतबारको खेलमा मनाङका लागि ह्याट्रिक गरेको सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

    प्रतियोगिता अन्तरगत सोमबारको खेल नेपाल आर्मी क्लब र डु«क स्टार क्लब, भुटानबीच हुने आयोजकले जनाएको छ । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…