•  

    फागुन २५, काठमाडौं । विभिन्न कामले चर्चामा आइरहने पूर्वयुवराज पारस शाह एक पटक फेरी चर्चामा आएका छन् । शनिबार उनी धेरैको ध्यान तान्ने हुलियामा पशुपतिनाथ परिसरमा देखिए ।

    लामो कपालमा देखिनु स्वाभाविक हो जुन उनको पुरानै हुलिया हो तर, शनिबार उनले पछ्यौरा ओढे । सिमसिम पानी परिरहेका बेला त्यहि हुलियामा गाडी चढेर पशुपतिनाथ मन्दिर परिसर पुगेका पारस शाह सरसफाइ कार्यक्रममा समेत सरिक भए ।

    सरसफाइ अभियान्ता केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका हुन् । सुरूमा खनालले नै पारसलाई माला लगाइदिएर स्वागत गरे । सो क्रममा पूर्वयुवराज पारसले पनि कुचो समातेर बढारेका थिए ।

    पछ्यौरा ओढेर झाडुले सफाइ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले सफाइ टोलीसँग केही समय बिताएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…