• नेपालीहरुको ज्ञान सिप क्षमता कै कारण विश्व चिरपरिचित छ। नेपालिहरुले नजानेको नबुझेको कुनै बिषय नै छैन भन्दा फरक नपर्ला। हरेक बिषयमा बिज्ञ बन्नु नै नेपालीपन हो। केहि नेपालि फेसबूके बिज्ञ अनुसार नेपालि हरुलाई कोरोना भाइरस नलाग्नु को मुख्य कारणहरु हुन्, जुन निम्न अनुसार छन् :-

    (१) मानव मलमा मात्र पाइने “कोलिफम” नामक ब्याक्टेरिया भएको स्वयं डिडिसीको दूध र त्यही दूध हालेको चिया खाने बानी परेका,

    (२) अघिल्लो दिन विषादि छर्केको तरकारी भोलिपल्टै पकाएर खाँदा पनि केही नहुने भइसकेका,

     

    (३) सडकको धुलोले आफैं नचिनिने हुञ्जेल पुरिंदा पनि अहिलेसम्म केही नभएका,

     

    (४) थोत्रा गाडीले फालेको कुइरीमण्डल धुँवामा श्वास फेर्न नपाए टाउको दुख्न थाल्ने गरी “एडिक्ट” भइसकेका,

     

    (५) धारामा ढल मिसिएको पानी आउँदा समेत खुशियाली व्यक्त गर्न अभीशप्त,

     

    (६) दुई महिनासम्म शहरको फोहोर नउठाएर दुर्गन्ध फैलिंदा पनि हातैले नाक थुनेर हिंड्न अभ्यस्त भइसकेका,

     

    (७) सित्तैमा पाए एक बोत्तलसम्म र आफैंले किन्नु परे पनि आधा बोत्तलसम्म राैसी बिना सितन खाने बानी परेका, हामी वीर गोर्खालीलाई जाबो कोरोना भाइरसले केही लछार्न सक्तैन।

    तपाइँ लाइ यो समाचार पढेर कस्तो लाग्यो ? कमेन्ट बक्स मा कमेन्ट गर्दिनु होला। चित्त बजे सियर पनि गर्दिनुस।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…