• काठमाडौं, २५ फागुन । विभिन्न व्यक्तिहरुलाई अफ्रिकन देश माल्टा र कवेत बठाउनु भनी दुई करोड ५० लाख भन्दा बढीं ठगी गरेको आरोपमा बाबुराम श्रेष्ठ पक्राउ परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यस्तो छ घटनाको विवरण :
    विभिन्न वयक्तिहरुलाई अफ्रिकन देश माल्टा तथा कुवेत पठाउछु भनि २ करोड ५० लाख भन्दा वढी ठगी गरेको आरोपमा जिल्ला अर्गाखाची छत्रदेव गा.पा ७ भगवति घर भई हाल जिल्ला काठमाडौ सुन्धारा वस्ने वर्ष ३८ का वावुराम श्रेष्ठलाई विशेष सुचनाको आधारमा मिति २०७६/११/२३ गते नेपालगंजवाट पक्राउ गरी काठमाडौमा ल्याईएको ।

    वावुराम श्रेष्ठले काठमाडौ स्थित सिटिसी महलमा Glorious Wellness SPA Pvt Ltd नामको अफिस संचालन गरी २६ जना व्यक्तिहरुलाई माल्टा पठाउछु भनि प्रति व्यक्ति १० लाख लाग्छ र प्रति महिना १२ सय युरो कमाई हुन्छ भनि प्रलोभन देखाई २६ जना व्यक्तिसंग ६/६ लाख उठाएको ।

    ३४ जना व्यक्तिहरुलाई कुवेत पठाउछु भनि प्रति व्यक्ति ६ लाख लाग्छ र प्रति महिना २२ सय दिराम कमाई हुन्छ भनि प्रलोभन देखाई ३४ जना व्यक्तिसंग ३/३ लाख उठाएको ।

    रकम उठाई सके पश्चात निज व्यक्ति सम्पर्कमा नआई पिडितहरुलाई आज भोली काम हुन्छ भन्दै लुकिछिपी हिडिरहेको भन्ने पिडितहरुको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौ परे पश्चात सम्मानित अदालतवाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको र निजको अफिस खान तलासी गर्दा विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी समेत नियन्त्रण लिई थप अनुसन्धान भईरहेको निजबाट अन्य कोही ठगिएको भएमा महानगरीय प्रहरी परिसर मा समन्वय गर्न हुन अनुरोध गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …