• २०७३ साउन २५
    Aug/09/2017
    By: Ratokalam


    काठमाण्डौ!
    आदिवासी जनजाती महासंघ को मुल ब्यानरमा, सम्बद्ध संघ सस्था,जातिय सस्था हरु को सहभागितामा,आदिवासी जनजाती महा संघ का अध्यक्ष जगत बराम को अध्यक्षता मा शुरु भएको औपचारिक कार्यक्रमको सचालन गोबिन्द छन्त्यालले गरेका थिए भने प्रमुख अथिती प्रधानमन्त्री शेर बहादुर देउवा को उपस्थिती रहेको थियो।


    उक्त सभामा हजारौ आदिबासी जनजातिको सहभगितामा भृकुटी मण्डप बाट निस्केको र्याली सुन्धारा,शान्ती बाटिका हुँदै प्रदर्सनी मार्ग स्थित राष्ट्रिय सभागृहमा बिधिवत उद्घाटन भएको थियो ! सो कार्यक्रममा देशका राष्ट्रिय कलाकार हरु को बेजोड प्रस्तुती लगायत बिविध पहिचान मुलक सास्कृतिक, साङ्गितिक कार्यक्रम का साथ दिवस मनाइदै !


    सभामा बोल्दै अध्यक्षले भन्नु भयो,राज्य ले विभेद मा पारेका हामी आदिवासी जनजाती यतिखेर २३औ आदिबासी दिवस तथा अन्तरास्ट्रिय युवा दिवस अहिले संसार भर उत्सव कै रुपमा मनाइ रहेका छौ, समग्रमा यो हाम्रो पहिचान को लडाइ पनि हो, भन्नु भयो अध्यक्ष बरामले


    उक्त कार्यक्रममा प्रम:देउवाले आफ्नो कार्यकालमा आदिबासी जनजातिहरुको मुद्दालाई सम्बोधन हुने प्रतिबद्दता जनाउनु भयो।


      सभामा आदिबासी जनजातिका अग्रज बक्ताहरु नबिन रोका मगर ,मल्लके सुन्दर,पासांग शेर्पा ,राजकुमार लेखि ,श्री प्रसाद जबेगु , नगेन्द्र कुमाल
    प्रा,बालकृष्न माबोहाङ् लगायत दर्जनौ बक्ताहरुले आ-आफ्नो बिचार राखेका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…