• काठमाडौं । कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको कतार सरकारले आइतबार पुष्टि गरेको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको छ ।

    ती कामदारसँग बस्‍ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ। संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्‍नेबारे खुलाएको छैन।

    कतारले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो। जसमध्ये इरानबाट विशेष विमानमा चार्टर गरेर ल्याइएको १२ जना कतारी नागरिकलाई मात्रै कोरोनाको भाइरस देखिएको जनाएको थियो। उनीहरु कतारमा रहेका अन्य व्यक्तिसँग सर्म्पक नभएको कतारले जनाएको छ।

    कतारले इरानबाट ल्याइएको बिरामीमा मात्रै कोरोनाको संक्रमण देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नभएको भन्दै ढुक्कसाथ आफ्नो काम गर्न आग्रह गरेको छ। सार्वजनिक स्वास्थ्य निर्देशक डा. शेख मोहम्मद विन हमाद अलथानीले जनतालाई कोरोना भाइरसबाट बचाउनका लागि हामीले उच्चस्तरीय प्रविधि जडित प्रणालीबाट प्रभावकारी निगरानी गरिरहेका बताए।

    उनले कोरोना भाइरस संक्रमण देशबाट कतार भित्रिने यात्रुलाई हमाद विमानस्थलमा उच्च प्रविधिबाट जाँच हुने गरेको बताए। हमाद विमानस्थल बाहिर देशबाट कतार आउने एकमात्रै प्रवेश विन्दु हो।

    कतारले सामाजिक सञ्जालमा फैलिने हल्लाको पछाडि नलागेर सरकारबाट जारी भएको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्न आग्रह गरेको छ। कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डैभन्दा सयभन्दा बढी मुलुकका कामदार छन्। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …