•  

    फागुन २६, काठमाडौं । इटलीमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । मृत्यु हुनेको संख्या एकैचोटी १३३ थपिएर ३६६ पुगेको हो ।

    अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ। प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ ।

    लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ । प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन् । ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन् ।

    सेना प्रमुख पनि सङ्क्रमित

    पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ । इटलीले ७३१३ जना सङ्क्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो ।

    इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन् । सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताए । नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …