• राजविराज, फागुन २६ गते । सप्तरीमा प्रहरी हिरासतबाट एक जना थुनुवा फरार भएका छन । जिल्लाको बोदेबर्साइन नगरपालिका स्थित प्रहरी चौकी काचनका एक युवक थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । बिहान २ः१५ बजे फरार भएका युवकको खोजीको लागि प्रहरीका सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।

    घरायसी झगडाका क्रममा आफ्नै श्रीमतीलाई कुटपिट गरी गाउँलेसँग समेत झै–झगडा गरेर आफैं आत्महत्या गर्न हिडेको आरोपमा बोदेबरसाईन नगरपालिका–८ रजपट्टीका ३० वर्षीय महेश यादवलाई गत शनिबार राति करिव पौने २ बजे प्रहरीले पक्राउ गरी हिरासतमा राखेको प्रहरी चौकी काचनका इन्चार्ज विजय सिंहले जानकारी दिनुभयो ।

    आइतबार राती सबै सुतेको मौका छोपेर थुनुवा यादव फरार भएको चौकी इन्चार्ज सिंहको दाबी छ । फरार थुनुवाको खोजीसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रनाउ भारतीले बताउनुभयो । फरार युवकले केही दिन अघि गाउँमै झग्डाको क्रममा एक जनाको हात भाँचेको स्थानीय लोकेन्द्रप्रसाद यादवले सो विषयमा सामाजिक छलफलमा सात हजार जरिवाना गरिएकोमा पैसा नतिरेको आरोप समेत उनीमाथि रहेको बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …