• उदयपुर । आफ्नो प्रेम जालमा पारेर महिला सँग ३३ लाख ठगी गर्ने एक युवा पक्राउ परेका छन् । उदयपुर प्रहरीले खोटाङको खोटेहाङ गाउँपालिका ५ चिप्रिङ बस्ने ३४ वर्षीय मोहन राईलाई पक्राउ गरेको हो ।

    विवाहपछि ठूलो व्यावसाय गरेर जीवनयापन गर्नेे आश्वसन पछि उदयपुरकी एक महिलाबाट ३३ लाख रुपैया लिएर फरार भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । महिलाले दिएको उजुरीको आधारमा पक्राउ उनलाई गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार उनलाई गत फागुन १ गते मोतिगडाबाट पक्राउ गरिएको थियो ।

    पीडित महिलाले उनीविरुद्ध गत माघ २९ गते प्रहरीमा किटानी जाहेरी दर्ता गराएको पीडितको आफन्तहरू बताउँछन् । आफन्तहरूका अनुसार पीडितको जाहेरीमा आफूलाई ललाईफकाई प्रेमजालमा पारेर विभिन्न समयमा ३३ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । अहिले पक्राउ परेका राईलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …