• काठमाडौं, फागुन २६ । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको उपाधि जितेको छ । थाउलोमा १० र सान्डामा ७ गरी जम्मा १७ स्वर्ण जित्दै बाल विकास टिम च्याम्पियन बनेको हो ।

    दोश्रो भएको भ्याली पब्लिकले ८ स्वर्ण हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको मकवानपुरको सनराइज स्कुलले ७ स्वर्ण प्राप्त ग¥यो ।

    बाल विकासको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको पुरुषमा बाल विकासका रुपेश खतिवडा तथा महिलामा कौशलकी सिर्जना तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

    बूढानीलकण्ठस्थित आयोजककै हातामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ६०–६५ केजीमा पिचल्यान्डका तेजबहादुर मगर, ७० केजीमाथि बाल विकासका रुपेश खतिवडा, ५५–६० केजीमा बाल विकासका समराज गुरुङ, २५–३० केजीमा बाल विकासका सौगात चन्द, ३०–३५ केजीमा भद्रकालीका दिपु खरेल, ३५–४० केजीमा बाल विकासका पवन विष्ट, ४५–५० केजीमा भ्याली पब्लिकका लक्ष्मण परियार र ५०–५५ केजीमा भद्रकालीका इमानसिंह थापाले स्वर्ण जिते ।

    महिला ५०–५५ केजीमा भ्याली पब्लिककी सोनाम वाङमो लामा, ५५–६० केजीमा ज्ञानकुमारीकी सनिता दुमी राई, २०–२५ केजीमा भ्याली पब्लिककी सक्रिय मगर, ३०–३५ केजीमा सेबकी भीमलक्ष्मी भ्लोन, २५–३० केजीमा संस्कारकी स्मृति थापा मगर र ४५–५० केजीमा बाल विकासकी सपना शाहीले पहिलो स्थान हात पारे ।

    विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल, बूढानीलकण्ठ वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, बाल विकासका अध्यक्ष शंकरदास श्रेष्ठ, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बाल विकास भाइस प्रिन्सिपल दिनेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ४२ विद्यालयका ३ सय ५७ खेलाडीले ३२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुकमान लामाले जनाएका छन् ।

    रेडनलाई उपाधि

    रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

    गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित ग¥यो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे ।

    एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

    विजेतालाई प्रदेश सांसद् बसन्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सन्जिव मिश्र, काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजाल र प्रतियोगिता संयोजक निराजन थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…