•  

     युबराज रेग्मी

    फाल्गुन २७ ,झापा / झापा जिल्लाको ग्रामिण नगर गौरादहमा होलि पर्बलाइ यश बर्स सांकेतिक रुपमा मनाइएको छ ।

    यहाँ स्थित राधाकृष्ण एबम जानकेश्वोर सिबालय मन्दिर कार्यसमितिको संयुक्त आयोजनामा जानकेश्वोर सिबालय मन्दिर परिसरमा हिजो फाल्गुन २६ गते सन्ध्याकालिन समयमा एक विशेष कार्यक्रम आयोजना गरि होलि पर्व मनाइएको हो । पौराणिक धार्मिक बिसेसता बोकेको यश सुन्दर गौरादह नगरीमा उल्लेख्य संख्यामा धार्मिक मठमन्दिर तथा देवालय हरु स्थापित छ्न । यस्ता देवालय हरुले भरीभराउ पुन्यभुमीमा विभिन्न अबसर तथा पर्बमा बिबिध किसिमका धार्मिक एबम सास्कृतिक कार्यक्रम निरन्तर रुपमा सन्चालन गरिदै आएको पाइन्छ ।

     

    यसै सन्दर्भमा हिन्दुहरुको महान पर्व फागु पुर्णिमाको अबसर पारेर यश बर्स पनि यहाँ होलि पर्व हर्सोउल्लासपुर्ण तरिकाले मनाइएको छ । बिश्वका करिब १०१ मुलुकहरुमा फैलिएको कोरोना भाइरसको प्रकोपको सन्त्रास नेपालमा पनि ब्याप्त रहेकोले साबधनी स्वरुप जनस्वास्थ्यको निर्देशन पालना गर्दै यश बर्स रङरहित होलि पर्व मनाइएको थियो ।

    पौराणिक आख्यान अनुरुप कार्यक्रमको पुर्बार्दमा होलिका दहन कार्य सुसम्पन्न गरिए पश्चात् होलि उत्सब सुरुवात गरिएको थियो । जनस्वास्थ्य लाई ध्यानमा राखी होलि पर्बमा प्रयोग गरिने रङ्गको सट्टा बैद्दिक कार्यमा प्रयोग गरिने अस्टगन्धा, केसरी र बेसार प्रयोग गरि होलि पर्व मनाइएको मन्दिरका एक पन्डित श्री पुस्पराज गुरागाइले बताए ।

    सामान्य भन्दा फरक किसिमले मनाइएको यश बर्सको होलि पर्बमा भक्तजनहरुले होलि सम्बन्धी गित गाउनुका साथै कबिता बाचन एबम मनोरन्जनका निमित्त अचम्मको पोको , ज्ञानमन्च प्रस्नोत्तरी एबम कुर्सी दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो । सस्कृतिको जगेर्ना गर्दै सकरात्मक समाज निर्माण कार्यमा तल्लिन रहने यहाका अधिकाम्स युबा भक्तजनहरु आफ्ना अग्रज सन्तती हरुले निरन्तर पालना गर्दै आएको पर्व र सन्दर्भलाइ परिस्कृत र परिमार्जित गर्दै सास्कृतिक निरन्तरतालाई अघिबढाउन अग्रसर रहेको कार्यक्रम आयोजक सदस्य तथा युबा धार्मिक ब्यक्तित्व श्री कोमल ढुंगाना बताउछन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…