• आजको पञ्चाङ्ग

    बि.सं. फागुन २७, २०७६ । इ.सं. 10 March, 2020 । शक संवत १९४१। नेपाल संवत ११४० चिल्लागा । परिधावी उत्तरायण शिशिर । मंगलवार चैत्र कृष्णपक्ष । तिथि प्रतिपदा, २१:३२ बजे उप्रान्त द्वितीया । नक्षत्र उत्तरफाल्गुनी, २४:२२ बजे उप्रान्त हस्त । योग शूल, १४:१९ बजे उप्रान्त गण्ड । करण वालव १०:४३ बजेदेखि कौलव, २१:३२ बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादी योग धाता । दिनमान २९।३० । सूर्योदय ६:३१ । सूर्यास्त १८:०९ । तराईमा होलीपर्व। गणगौरपूजा प्रारम्भ। वसन्त-तैलाभ्यंग (तेल घस्ने)। आँपका मुजुरा खाने दिवस। नालास्थित मत्स्येन्द्रनाथको स्नान (नालान्हवँ)। चँकयात। धुलयाँत। त्रिपुष्कर योग २१:३२ देखि २४:२२ बजेसम्म।

    राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ । व्यापार व्यावसायमा लगानि गर्दा प्रशस्त आम्दानि हुँनेहुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपुर्ण कामहरु सम्पादन हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाइ तथा बन्धुबान्धबसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरु गुम्नेछन् । पढाइ लेखाइमा अरुभन्दा कमजोर भइने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रबिधिको प्रयोग गरि कुराहरु गर्नु राम्रो हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुनाले दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिर नै जानेछ । राजनीति तथा सरकारी कामकजमा ढिला शुस्तिको चपेटामा परिने योग रहेकोछ । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुने भएपनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यवस्थापन गर्न सहज हुने छैन ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जन हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । विदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुबाको धन परिचालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाइको नाम आउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा लगानी गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग राम्रोसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा नगरि दिँदा महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । विद्यार्थीहरुले पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न बढी नै समय खर्चनु पर्नेछ । माया प्रेममा चिसोपनको विकास हुने योग रहेकोछ ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कल्याणकारी तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवनसाथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनिसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने वाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारि व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढि सफलता हात पार्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हुलमुल तथा विवादित विषयमा प्रवेश नगर्नु नै राम्रो रहेकोछ आज हुने कुनै पनि न्यायिक निर्णय तपाईको पक्षमा हुने छैनन् । रोग, ऋण तथा संकटको सामना गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावलि पक्षसँग विवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…