• युबराज रेग्मी फाल्गुन २७,झापा /

    त्रिभुवन बिश्वबिध्यालय गौरादह कृषि क्याम्पस गौरादह अन्तरगत रहेको प्रजातान्त्रिक बिध्यार्थी निकट संगठन डाइनामिक युथ नेपाल झापा च्याप्टर नामक सस्थाले क्याम्पस परिसरमा आज तराइ होलि पर्बको अबसर पारेर होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

    त्रिभुवन बिश्वबिध्यालय कृषि तथा पसु बिज्ञान अध्ययन सस्थान अन्तरगतको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसमा बि. एस. सि. एजि.मा अध्ययनरत बिध्यार्थिहरुले हिन्दुहरुको महानपर्व फागु पुर्णिमा ( होलि ) को अबसर पारेर आयोजित होलि मिलन कार्यक्रम तथा चिट्ठा प्रतियोगिताको नतिजा सार्बजनिक कार्यक्रमामा रमाइला नृत्य साथै हाडी फुटाइ खेल कार्यक्रम समेत आयोजना गरिएको थियो ।

    चिट्ठा उपहार अन्तरगत बम्पर पुरस्कार(खसी ) बिजेता मिना सुवेदी , प्रथम पुरस्कार( राइस कुकर ) अन्तरगत अनिस अर्याल द्वितीय पुरस्कार (स्टेन्ड फेन ) बिजेता मुना गिरि, तृतिय पुरस्कार( ग्लास सेट) बिजेता तुलसा पन्त त्यसै गरि प्रथम सान्त्वना बिनिता कटवाल र दोस्रो सान्त्वना पुरस्कार उपहार अन्तरगत दृष्टि सिक्देल बिजेता बन्न सफल भएका थिए ।

    कार्यक्रममा आफ्नो बिचार राख्दै कार्यक्रममा विशिष्ट अतिथी गौरादह नगरपालिकाका नगरप्रमुख रोहित कुमार साहले बिध्यार्थी हरुले आयोजना गरेको कार्यक्रमको प्रसम्सा गर्दै नगरबासी हरुलाई कार्यक्रम मार्फत सुभकामना सहित समग्र गौरादह बासिहरुलाई महान पर्व होलिको अबसरमा सुस्वास्थ्य दिर्घायु र समृद्धिको कामना समेत गर्नु भएको थियो ।

    गौरादह कृषि क्याम्पसको प्राङ्गणमा सस्था अध्यक्ष बन्दना भट्टराईको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम सस्थाका सचिब सार्दुल भट्रराइले सन्चालन गरेका थिए । कार्यक्रममा उक्त कलेजमा अध्ययनरत बिध्यार्थी हरुले सौहार्द र सभ्य रुपले होलि पर्व मनाएका थिए ।

    विभिन्न अबसर पारेर जनचेतना मुलक कार्यक्रम पस्कदै आएको बिध्यार्थी हरुको सस्था डाइनामिक युथ झापा च्याप्टरले बिगत केही बर्स देखि आफ्नै अनुपम योजना र भिजन सहित विभिन्न समयमा गौरादहमा सचेतना, सहयोग र मनोरन्जनात्मक कार्यक्रमहरु सन्चालन गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…