•  

    काठमाडौं । तार्केश्वर नगरपालिका–४ काठमाडौंको पुरानो गुह्येश्वरीमा श्रीमान् श्रीमतीबीच विवाद बढ्दै जाँदा श्रीमतीले श्रीमान्माथि तेजाब प्रहार गरेकी छन् ।

     

     

    तार्केश्वर पुरानो गुह्येश्वरीको एक घरमा भाडामा बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि उनकी श्रीमती प्रतिमाले विवाद बढ्दै जाँदा तेजाब आक्रमण गरेको प्रहरीले बताएको छ ।

    महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोमबार राति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको हो । घरमा झ्यालढोका लगाएको तथा कोठाभित्रै सुतिरहेको अवस्थामा तेजाब आक्रमण भएकाले श्रीमतीबाटै आक्रमण भएको प्रहरीको भनाइ छ ।

    ‘घरका झ्यालढोका बन्द रहेको र सुतिरहेको अवस्थामा तेजाब प्रहार भएको देखिन्छ, घरभित्रैबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ डीएसपी राठौरले राजधानीसँग भने ।

    प्रहरीले प्रतिमालाई मंगलबार नै पक्राउ गरेको छ । उनीसँगै उनका तीन महिनाका बच्चालाई समेत प्रहरीको रेखदेखमा बालाजु वृत्तमा राखिएको छ । ‘हामीले बच्चालाई रेखदेखमा रहने गरी राखेका छौं, महिला प्रहरीमार्फत बच्चाको हेरचाह गर्ने र आमासँगै राखेर दूध खुवाउने व्यवस्था गरिएको छ,’ डीएसपी राठौरले भने ।

    तेजाब आक्रमणपछि घाइते भएका थापाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार तथा हातमा तेजाबको असर छ । उनी खतरामुक्त छन् ।

    प्रहरीका अनुसार घरमा प्रतिमा र तीन महिनाका बच्चा मात्र थिए भने कोठामा बियरको बोतलमा तेजाब भेटिएको थियो ।
    घाइते थापाले समेत आफूमाथि श्रीमतीबाटै तेजाब आक्रमण भएको बताएका छन् । घाइते अवस्थामा अस्पताल पु¥याइएपछि होसमा आएका उनले श्रीमतीबाटै आफूमाथि आक्रमण भएको बताएका हुन् ।

    प्रहरीका अनुसार थापा दम्पतीबीच पटक–पटक विवाद हुँदै आएको थियो । श्रीमान्भन्दा उमेरमा तीन वर्ष जेठी प्रतिमा एक होटलमा काम गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनका श्रीमान् भने सवारीचालक हुन् ।

    उनीहरूबीच करिब ६ वर्षअघि विवाह भएको खुलेको छ । प्रतिमाको यो दोस्रो विवाह हो । उनीहरूका घरबेटीले समेत थापा दम्पतीबीच आपसी अविश्वासका कारण पटक–पटक विवाद हुने गरेको जनाए । राजधानीबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …