• चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर संक्रमण बढेसँगै चार जना नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

     

    विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको सम्बद्ध अधिकारीहरू बताउँछन् । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले हिजो सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

     

    नयाँ संक्रमितमध्ये दुई नेपाली, ४ यूएईका, दुई बंगाली, एक रसियन, एक भारतीय र एक सिरियाली रहेको गल्फ टुडेले जनाएको छ । यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको गल्फ टुडेमा उल्लेख छ ।

     

    यस्तै, नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …