• फागुन २८, पथरी ।
    कोरोना भाइरसको संक्रमणबाट जोगिनका प्रयोग गरिने माक्समा हुन सक्ने कालोवजारीलाई रोक्न युवासंघ पथरीले सचेतना कार्यक्रम गरेको छ ।
    संसार भरी महामहारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाट जोगीन प्राथमिक रोकथामका लागि प्रयोग गरिने माक्समा कालोबजारी हुन सक्ने भन्दै नगरमा रहेका स्वास्थ्य सस्था र क्लिनिकहरुम पहिलो चरणको अनुरोध कार्यक्रम थालनी गरेको हो ।
    अनुरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवासघ मोरङका अध्यक्ष नविन पौडेलले कोरोनाको नाममा व्यावसायी साथीहरुले माक्सको कृतिम अभाव नगरी दिन अनुरोध गरे ।
    उनले व्यावसायी साथीहरुलाई रोकथामका लागी प्रयोग गरिने माक्सको व्यापारमा कुनै पनि प्रकारको समस्या भए स्थानिय सरकार सग सहकार्य गर्न पनि अनुरोध गरे ।
    बुधवार नगर कमिटी पथरीशनिश्चरेको अगुवाईमा सो कार्यक्रम भएको हो ।
    नेपाल कोरोना भाईरसको उच्च जोखिममा समावेश भएपनि अहिले त्रासदीपूर्ण अवस्था भने देखिएको छैन
    यस्तै प्रदेश सरकारले कोरोनाको रोकथामका लागि शंखास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा नाकामा सावुन पानीले हात धुने देखि लिएर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गर्ने सम्मका लागि काम शुरु गरिसकेको छ ।
    साथै कोरोना भाइरस संक्रमितको उपचारका प्रदेश नं. १ मा २८ वटा वेड तयारी अवस्थामा राखेको छ ।
    शंकास्पद व्यक्तिको नमूना संकलन देखि लिएर संक्रमितको तत्काल उपचारकालागि प्रदेश नंं १ का ४ वटा अस्पतालका २८ वेडलाई तयारी अवस्थामा राखिएको हो ।
    जसमा विराट मेडिकल कलेजमा १२, बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा १०, कोशी अस्पतालमा ५ वेड र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेसन वार्ड तयार पारिएको जनाईएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …