• फागुन २९, काठमाडौं । आज पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पश्चिमी भू-भागमा भने सामान्य बदली रहने छ ।

    यस्तो छ आज र भोलीको पूर्वानुमान :-

    फागुन २९गते (बिहिबार)

    दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ ।

    रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ ।

    फागुन ३० गते (शुक्रबार)

    दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ । मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ ।

    रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …