• आफू घरमा नभएकोको अवस्थामा श्रीमतीलाई कुटपिट भएको र साथमा ५ महिनाकी छोरी रहेकाले कुटपिटमा सम्लग्नलाई कानूनी कारवाहीको माग गर्दै विहीवार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिने घोर्साइले बताएका छन् ।

     

    झापा । तरकारी किन्न जाँदै गरेकी एक महिलालाई झापाको सुरुङ्गामा मरणासन्न हुनेगरी कुटपिट भएको छ ।
    कनकाई नगरपालिका – ४ टेक्रा निवासी २० वर्षीया एलिसा सिटौला घोर्साइलाई दुई महिलाले कुटपिट गरेको प्रहरीले जनाएकोछ । कुटपिट गर्ने महिला सोही स्थानको भएको र उनीहरु नातामा आमा छोरी हुन् प्रहरीले भन्यो – कुटपिटमा सम्लग्न नम्रता पाठक र अर्का एक पुरुषलाई नियन्त्रणमा लिएका छौं । एलिसालाई कुटपिटमा नम्रताकी आमा गोमा पाठक समेत सम्लग्न रहेको बताइएको छ

    कुटपिटबाट घाइते भएकी एलिसाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको एलिसाका श्रीमान डिल्लीराम घोर्साले जानकारी दिए । घोर्साई नेपाल प्रेस युनियन झापाका सचिव हुन् । उनी कञ्चनजंघा एफएममा कार्यरत छन् ।

    आफू घरमा नभएकोको अवस्थामा श्रीमतीलाई कुटपिट भएको र साथमा ५ महिनाकी छोरी रहेकाले कुटपिटमा सम्लग्नलाई कानूनी कारवाहीको माग गर्दै विहीवार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिने घोर्साले बताएका छन् ।

    purwanchaldaily.com बाट

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…