दिलिप राई सगर
म सम्झन्छु । उनीसंग मेरो 2 बर्स बोलचाल रह्यो होला, मित्रताको सम्बन्धमा ।
अचेल टुट्यो यो । सम्बन्ध कसरी जोडिन्छ कसरी टुट्छ यो मान्छेको वसको कुरो हैन रहेछ । यो तितो अनुभव मेरो ।
"लुङा जि ! मलाई त खाली आफु भन्दा सानो उमेरकोले मन पराउंछ र पर्पोज गर्छ हौ म कति हाँस्नु ? म के गरुं ? खाली अरु जातिले मात्र हत्ते हाल्छ । मलाई कुनै सुहाउंदो केटोले हेरेन । " हाम्रो लामो मैत्री मेसेन्जर वार्तामा सुनाउने गर्थी उनी । " यस ओके भन्दिनु न लुङा जि ! मन राखी दिनु होला " मेरो ठट्टा । हुन त उनि केही बर्स पहिले मात्र एक जनासंग लिभिङ टुगेदर गरी छुटेर बाआमाको घरमा जीवन बिताउंदै आएकी थि । मैले उनीलाई यही फेसबुकमै भेटेको थिएं । आफै भेटेको भन्दा पनि एक सर्जक क्षेत्री भाइले हाम्रो दौतेरी मिल्छ भनेर बोल्नुस भनी चिनजान गराई दिएको थिए । त्यो 2 बर्षभित्र म उनको सिर्जशील सहयात्री बनें, गजल, गीत र केस्रा लेख्न सिकाउने गुरु बनें । म मख्ख थिएं हाम्रो मित्रतामा ।
उनीले एक अनलाईन ग्रुपमा जोडी मलाई । मुक्तक दोहोरी गरिए । साप्ताहीक हरेक बिधाबारे लेख्न सिक्ने सिकाउने र वहस गर्ने गरिन्थे । थुप्रै काम गरिए । एक किर्ती पनि निकाल्ने भयौं । अनलाईनको काम सिर्जना र रकम उठाउने काम चाहिँ यो सदस्यहरु अलिक निष्क्रिय भए गाह्रो हुने रहेछ । मैले रकम पठाएं नेपाल ।
म कन्टेकको श्रमीक । काम गरिरहेको कम्पनीको कन्टेक टुटेर फोन छुन नमिल्ने रेजिडेन्सी एरियामा सरुवा भयो। धेरै समय दिन सम्भवै भएन । यसै बिचमा उनीले के सोची । केही मन दुखाउ थिएन हाम्रो । खासै हामीमा कुनै अफेयरको कुरा पनि चलेन जीवन र साहित्यको बाहेक ।
उनीले ब्लाक हानेछ मलाई । अचमवीत भएं म । मैले सम्झिएं एक दिन उनीलाई मैले भनेको कुरा, "तपाईको जात, धर्म र संस्कार मिल्ने मेरो एक जना साथी छ जो धनी र नामि पनि छ उनिसंग बिहे गर्नुस न । "
अहिले उनी कहाँ छिन के गर्दैछिन कुन अवस्थामा छिन । मलाई थाहा छैन ।
उर्लाबारी मोरङ
हाल: मलेसिया