• योगराज दाहाल
    लेटाङ । लेटाङ जेसिसको १५ औँ पदस्थापना कार्यक्रम तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको छ । लेटाङ उद्योग बाणिज्य संघको नवनिर्मित भवन लेटाङ नगरपालिका ३ मा भएको कार्यक्रममा जेसिसमा लेटाङ जेसिसका २०१७ का अध्यक्ष जेसि जमुना दाहालले २०१८ का अध्यक्ष जेसि मनिस सुर्य मगरलाई पदभार हस्तान्तरण गर्नुभयो । त्यसैगरि नवनिर्बाचित २०१८ पदाधिकारिलाई सपथ गराइएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस २०१८ अध्यक्ष सिनेटर श्रीधर बत्स्याल , बिशेष अतिथि नेपाल जेसिस निबर्तमान अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारि नेपाल जेसिस २०१८ कार्यकारिणि उपाध्यक्ष अशोक शंकर र उपाध्यक्ष श्याम सुन्दर पौडेल मिलनको बिशेष अतिथि रहनुभएको थियो । अतिथिहरुमा नेपाल जेसिसका पदाधिकारि राष्ट्रिय उपाध्यक्ष जेसि अमिश ढकाल , जेसि रश्मि निरौला क्षेत्र क – निरुपित उपाध्यक्ष र कार्यकारिणि उपाध्यक्ष क्रमश जेसि सुमृता शर्मा  सिनेटर बिकास मानन्धर,जेशिसका पुर्ब अध्यक्ष जेसिसका बिभिन्न शाखा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा जेसिसका पदाधिकारिलाई मायाको चिनो तथा पुरस्कार बितरण गरिएको थियो । नवनिर्बाचित २०१८ को पदाधिकारिहरुमा अध्यक्षमा मनिश सुर्य मगर, कार्यकारिणि उपाध्यक्षमा बिमल गौतम,भानुभक्त राई उपाध्यक्षमा मनोज बिक, राजु गौतम, भुमिका पाख्रिन अमृत ठाकुर कानुनी सल्लाहकार हिमाल श्रेष्ठ कोषाध्यक्षमा शुदेश वस्ति,महासचिबमा चित्र राना मगर रहनुभएको छ । यस्तै, तालिम संयोजक निमेश वस्ति, सचिबमा राममणि बराल,सहसचिब योगराज दाहाल र शाखा सम्पादक सबिना शाही छिन् । यसैगरी खेलकुद संयोजक रुपेश खड्का,युवा संयोजक आनन्द पौडेल,महिला उद्यमशिलता संयोजक संगिता उदाश र जनसम्पर्क अधिकारि आशिष ढकाल छन् । थिम डाइरेक्टर मनकुमार सेन्चुरि,साँस्कृतिक संयोजक बिकास अधिकारि र बाताबरण संयोजक मनिशा भण्डारि रहनुभएको छ । त्यसैगरि नव निर्बाचित अध्यक्ष द्धारा लेटाङ जेसिसका पुर्बध्यक्षबाट सल्लाहकार समिति मनोनित गरिएको थियो । जसमा दिपक चन्द्र राई संयोजक र सहदस्यहरुमा उर्मिला खड्का र शम्भु राना मगर रहनुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…