• इटहरी । नेपालीमा एउटा किस्सा नै छ, ‘विहेवारी २० वर्ष पारि ।’ कानुनले स्पस्ट भनेको छ, २० वर्ष नपुगीकन गरिएको विवाह स्वतः रद्द हुन्छ । तर, अझैपनि समाजमा छिटपुट रुपमा बालविवाह हुने गरेका छन् । यसै क्रममा विहीबार इटहरी वडा नं. २ मा एक बालिकासँग हुन लागेको विवाह प्रहरीले रद्द गरेको छ ।

     

    कार्यक्रम अनुसार, इटहरी वडा नं. २ की नारायणप्रसाद अधिकारीकी कक्षा १० मा अध्ययनरत १८ वर्षे छोरी र सिरहा कर्जना वडा नं. २ बन्दीपुरका २५ वर्षे मुकुन्द पौडेलबीच विवाह तय भएको थियो । बेहुला पक्षले झन्डै चालीस जना जन्ती लिएर बेहुलीको घरमा विहीबार बिहान १० बजे आए । जन्ती आएलगतै प्रहरीको टोली पुग्यो अनि कानुनी रुपमा बन्देज कुरा रोक्न प्रहरी इन्स्पेक्टर रमेश बस्नेत नेतृत्व टोलीले बेहुली पक्षका अभिभावकलाई सुल्झाए । अनि विवाह रद्द गरियो ।

     

    बेहुला पौडेल पक्षकाले भने विवाहका लागि तयार गरिएको खानपान खाए अनि फर्र्किए । ‘जन्ती आउनासाथ प्रहरीको टोली पुगेर उमेर नपुगीकन विवाह गर्न पाइँदैन् भनेर अभिभावकलाई भन्यौ अनि रद्द हुन पुग्यो,’ प्रहरी इन्स्पेक्टर बस्नेतले भने । बेहुलीका बाबु नारायणका अनुसार, केटाकेटीबीच मन पराएपछि विवाह गर्न राजी भएकाले गर्दा संस्कार बमोजिम गर्ने सोच भएको बताए ।

     

    ‘छोरीले केटा मलाई मन परेको छ, विवाह गरि दिनु नत्र भाग्छु भनेपछि संस्कार अनुसार विवाह गरि दिन लागेका थियौ,’ उनले भने, ‘प्रहरीले सूचना पाएपछि विवाह रद्द गरिएको छ।’ कानुनी रुपमा बाल विवाह गर्न छुट नभएको जानकारी भएपनि बुढेसकाल लागेकी आमाले नातिनी भाग्दा सामाजिक इज्जतमा दाग लाग्छ भनेपछि संस्कार अनुसार विवाह गर्न लागेको नारायणले जनाए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …