•  

    चैत १, काठमाडौं । शनिबार विशेषगरी श्रीरामभक्त हनुमान पूजा र शनिदेवको आरधना गर्ने गरिन्छ । शनिदेव न्यायका मूर्ति अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेलाई नराम्रो फल दिने देवता ।

    शास्त्रअनुसार शनिदेव सूर्यदेव र देवी छायाका पुत्र हुन् । शुद्ध मनबाट प्रत्येक शनिबार व्रत बस्दा शनि अत्यन्त खुशी हुने विश्वास छ ।

    अर्को कुरा के छ भने शनिवारको दिन शनिदेवको दिन हो र यो दिनमा कुनै–कुनै निश्चित वस्तुको खरीद–बिक्री गर्नाले त्यस व्यक्तिको जीवन र परिवारमा अशुभ हुने शनिचालिसामा उल्लेख गरिएको छ।

    शनिबार कुन–कुन सामानको खरीद–बिक्री गर्दा अशुभ हुन्छ ?

    फलामको वस्तु

    के मानिन्छ भन्दा, शनिवारको दिन फलामको वस्तु दान गर्दा सबैभन्दा शुभ हुन्छ भने त्यहिँ फलामको सामान किन्दा अथवा बेच्दा अशुभ हुने गर्दछ। त्यसैल यस दिनमा झुक्किएर पनि फलामको सामान खरीदबिक्रि गर्नुहुँदैन।

    तेल

    शनिबारको दिनमा शनिको दृष्टिले थुप्रै वस्तुहरूमा प्रभाव परिरहेको हुन्छ। यदि तपाईँ शनिवारको दिन जुनकुनै प्रकारको तेल किन्न अथवा बेच्न जाँदै हुनुहुन्छ भने रोकिहाल्नुस्, किनभने यो दिन तेलको व्यापार गर्नाले रोगव्याधले सताउने विश्वास गरिन्छ। तर शनिवारको दिन तेलको दान गर्नु चाहिँ शुभ मानिन्छ।

    नुन

    घरको लागि नुन किन्नुपर्यो भने शनिवार बाहेक अन्य कुनै दिनमा किन्नुहोस्। यो दिन नुन किन्दा ऋणले सताउने सम्भावना बढ्दछ।

    कैँची

    कैँचीको काम भनेको कि काट्ने हो। त्यसैले शनिवारको दिनमा कैँचीको खरीद गर्दा तपाईँको आत्मिय साथी अथवा परिवारसँगको सम्बन्ध बिग्रने सम्भावना हुन्छ।

    कालो तिल

    शनिवारको दिन शनिदेवको पूजा गर्दा कालो तिल चढाउन नबिर्सनुहोला। र यो दिन कालो तिल दान गर्नु पनि शुभ मानिन्छ। तर बिर्सिएर पनि शनिवार कालो तिल किन्ने अथवा बेच्ने भूल नगर्नुहोस्। यस्तो गरेमा तपाईँको गर्न लाग्नुभएको कुनै शुभ काममा बाधा-अड्चन आइपर्ने सम्भावना बढ्दछ।

    कालो रङ्गको जत्ता–चप्पल

    कालो रङ्गलाई शनिदेवको प्रतिक मानिन्छ। त्यसैले शनिदेवको पूजा(आरधना गर्दा कालो रङ्गको वस्त्र अथवा कुनै सामान चढाउनु लाभदायी मानिन्छ। तर यो दिन तपाईँको कालो रङ्गको जुत्ता अथवा चप्पल किन्नुभएमा तपाईँले आफूले गरेको कामबाट असफलता मिल्ने विश्वास गरिन्छ।

    विद्यासाधन

    पढाई-लेखाई सम्बन्धी जुनकुनै सामानहरू हुन्छन् (कापी, कलम, पेन, मसी, किताब, झोला, इरेजर, कटर, आदि), शनिवारको दिन नकिन्नुहोला र आफ्ना बालबच्चालाई पनि यो दिन कापी–कलम किन्न नलगाउनुहोला। एजेन्सी

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …