काठमाडौं । साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ।
८४ वर्षीया भण्डारीको आज राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भण्डारी लामो समयदेखि अल्जाइमरबाट पीडित थिए ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने सञ्चारकर्मी मुकुन्द भण्डारीले जानकारी दिए ।
साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ, रोम जलिरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन् ।
डोटीको निरौलीमा जन्मिएका भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए ।