नयाँदिल्ली । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भारतमा दुई जनाको ज्यान गएको छ । शुक्रबार नयाँदिल्लीमा एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
६८ वर्षीया ती महिलामा मधुमेह र रक्तचापको पनि समस्या थियो । कोरोनाको संक्रमण र अन्य स्वास्थ्य समस्याका कारण उनको मृत्यु भएको भारतको आरएमलएल अस्पतालले जानकारी दिएको छ । ५ देखि २२ फेब्रुअरीसम्म उनी विदेशको यात्रा थिइन् ।
स्विजरल्यान्ड र इटाली हुँदै २३ फेब्रुअरीमा उनी भारत फर्किएको प्रदेश सरकारले जनाएको छ । भारत फर्किएको भोलिपल्टै उनलाई ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या देखिएको थियो ।