•  

    दमक/ झापाको दमक नगरपालिका ५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् ।

    शनिबार दमकमा पत्रकार भेटघाटको आयोजना गर्दै बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पिडित भएका खनालको मृगौला प्रत्यारोपणका लागी रु ३० लाख खर्च हुने र त्यसका लागी आफुहरुसँग रकम अभाव भएकाले सहयोगको याचना गरिएको आशिषका बुबा धर्मानन्द खनालले बताए ।


    उनले भने -यसअघि पनि ८ बर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ,अहिले फेरी मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो , उति बेलै हामीसँग भएका सबै सम्पती सकियो र अहिले विकल्प नै नभएर सहयोग माग्न बाध्य भयौँ, । उ बेला दाईलाई आमाले मृगौला दिएकी थिइन् ,अहिले पनि मृगौला दिने मान्छे भेटेका छौ ,तर हामीसँग मृगौला प्रत्यारोपण गर्ने पैसा छैन,! बहिनी कल्पना खनालले भनिन् ।

    बृद्ध बाबुआमासँगै एक ५ बर्षका छोरा र श्रीमती उनकै भरमा बाचेका छन् । घरको मुख्य मान्छेलाई मृगौला जस्तो जटिल रोग लागेपछि उनको आश्रित परिवार पनि बिचल्लीमा परेका छन् । हाल उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा डायलसिस गरिदै आएको र डायलसिस गर्ने पैसा समेत नभएको बहिनी कल्पनाले बताइन् ।

    आशिषको उपचारमा सहयोग गर्न नेपाल जेसिसका पूर्वराष्ट्रिय अध्यक्ष प्रकाश प्रशाद अधकारीको संयोजकत्वमा २० सदस्यीय आशिष खनाल बचाउ अभियान समिती गठन गरिएको छ । पत्रकार भेटघाटमा बोल्दै संयोजक अधिकारीले नेपालमा अहिले मृगौला रोगीहरुको सख्या बढेको तर सरकारले उनिहरुको उपचारमा कुनै कदम नचालेको बताए ।

    स्वास्थ्य बिमा कार्यक्रमले पनि जटिल किसिमका बिरामीहरुलाई समेट्न नसकेको बताए । उनले सबै संघ संस्था तथा महानुभावहरुमा सहयोगका लागि अपिल गरे । दमक ५ का वडाध्य इन्द्र गुरुङले सबैले आ आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्न आग्रह गरे ।

    उनले समाजले चाहे जस्तोसुकै काम गर्ने भएकाले आशिषको उपचारमा सहयोग गर्न कुनै कसरत बाँकी नराख्न आग्रह गरे । साथै आफ्नो वडाबाट सक्दो सहयोग गर्ने र आगामी दिनमा यस्ता जटिल किसिमका बिरामीहरुको सहयोगका लागी निति निर्माण तहमा लाग्ने प्रतिबद्धता जनाए ।



    आशिषलाई सहयोग गर्न चाहने महानुभावहरुले एनआईसी एसिया बैकमा आशिषका बुबाको नाममा रहेको खाता नम्बर ०१४०१०००३६००७७०००००१ मा रकम जम्मा गर्न सकिने आशिष बचाउ अभियान समितिले जनाएको छ ।

    सोही अवसरमा दमक १ का युवराज दंगालले रु ५ हजार सहयोग हस्तान्तरण गरे । सानो सानो सहयोगले पनि उपचारमा राहत पुगोस् भनेर आफुले पनि सहयोग प्रदान गरेको दंगालले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …