•  

    दमक/ वालपनदखि संगै खेलि हुर्केका तथा बिभिन्न कालखण्डमा साथसंगत गरेकाहरुले दमकमा बनाएको साथीभाई समुहले कोरोना भाईरसको संक्रमणको त्रासको यो समयमा कृत्रिम अभाव सिर्जना नगर्न र सबैलाई संयमित हुन आग्रह गरेको छ । दमकमा पत्रकार भेटघाट मार्फत समुहले अहिले बजारमा केहि पनि अभाव नरहेको जनाउदै कालोबजारी नगर्न आग्रह गरेको हो ।

     

    समुहका अध्यक्ष गंगा सिटौलाले ग्याँस लगायत सरसफाईका सामाग्रि अभाव भएको भन्ने सुनिएको भन्दै यस्तो हुन नदिन आग्रह गरे । यो विपतको समयमा लुकाउनका सट्टा भएको दिएर एक अर्कालाइ सहयोग गर्नुपर्छ, उनले भने । यसमा साथीभाई समुहको पनि सहयोग रहने उनले जनाए ।

     

    सचिव दीपेन्द्र तिवारीले अत्यआवश्यकीय माक्स लगायतका सामाग्रिहरुको अभाव सिर्जना नगर्न आग्रह गर्दै अति विपन्न र माक्स किन्न नसक्नेहरुलाइ आफुहरुले माक्स दिने तयारी गरेको पनि बताएकाछन् । उनले सबैले सकेको काम गर्नु पर्ने र यस बिषयमा सचेतना आवश्यक भएको बताए । समुहका सदस्य चन्द्र खत्रिले बिपत आउन लागे सबै मिलेर समाधानका उपाय खोज्नु पर्ने बताए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …