• काठमाडौं । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

    उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

     

    धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

    विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।

     

    https://www.youtube.com/watch?v=WCPI1ym3Rms

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…