• हेर्नुहोस तपाईको यो साताको राशिफल (चैत २ देखि ८ गते सम्मको राशिफल)
    मेष– विरोधीले अप्ठ्यारो पार्नेछन् । काममा बीचमा रोकिने एवं अपजसको भागिदारी भइनेछ । साताको मध्यमा भने वैदेशिक काम बन्ने एवं काममा नाफा मिल्नेछ । भाग्यले साथ दिनाले अधुरा काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने एवं राजनीतिमा पहुँच मिल्नेछ । नयाँ जिम्मेवारी थपिनाले काममा व्यस्तता बढ्नेछ ।

    वृष– व्यावसायिक यात्रा हुनेछ । पारिवारिक भेटघाट एवं प्रेममा प्रगति देखिन्छ । साझेदारीमा फाइदा मिल्नाले नयाँ योजना बन्नेछ । साताको मध्यमा भने आर्थिक संकट हुने एवं अकस्मात् झमेला आउनेछ । आफन्तबाट असहयोग हुनाले फाइदा अरुलाई जानेछ । साताको अन्त्यमा भने वैदेशिक काम बन्ने एवं यात्राको सुख मिल्नेछ ।

    मिथुन– नयाँ मित्र भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनाले काममा सुचारुता हुनेछ । अड्किएको काम अघि बढ्ने तथा मित्रको सहयोग मिल्नेछ । प्रेमिप्रेमिकाबीच सहयोग आदान प्रदान हुनेछ । व्यवसायमा व्यस्तता बढ्नाले घरायसी काम अधुरो रहनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या, मनमा चिन्ता एवं काममा अड्चन देखिनेछ ।

    कर्कट– अध्ययनले सफलता दिनेछ । बौद्धिक काममा रुचि एवं कला संगीतमा मन जानेछ । सन्तानबाट सहयोग मिल्नाले गरेको काममा
    फाइदा हुनेछ । मुद्दा मामिला किनारा लाग्ने एवं विरोधी पक्षसँग भय हट्नेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने यात्राको सुख मिल्ने एवं पारिवारीक भेटघाटको योग बन्नेछ ।

    सिंह– घरायसी झमेला बढ्नेछ । सम्पतिको कलह एवं परिवारमा मनमुटाव हुनेछ । साताको मध्यमा भने विद्यामा प्रगति एवं आर्थिक स्तर वृद्धि हुनेछ । अध्ययनमा मन जानाले प्रशंसाको भागिदार भइनेछ । सन्तानको सुख मिल्ने एवं आम्दानीको स्तर बढ्नेछ । नयाँ वस्त्रको सुख एवम सवारी साधनमा खर्च हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार आउने एवं काममा प्रगति देखिन्छ । खेलकुदमा मन जाने तथा आफ्ना सहयोगीको सद्भाव रहनेछ ।

    कन्या– काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिनाले यात्रा गर्नुपर्नेछ । नयाँ काम शुरुवात हुने तथा साथीभाइमा सहयोग मिल्नेछ । साताको मध्यमा भने मनमा अशान्ति बढ्ने, प्रेममा धोका हुने तथा मित्रसँग मनमुटाव रहनेछ । साताको अन्त्यमा भने अध्ययनमा मन जाने एवं कला क्षेत्रमा रुचि बढ्नेछ । आध्यात्मिक भावना बढ्नाले सामाजिक काममा व्यस्तता हुनेछ । व्यापार व्यवसायमा भने राम्रो आम्दानी हुनेछ ।

    तुला– आर्थिक कारोबारमा वृद्धि हुनेछ । धनसम्पतिको सहयोग मिल्नाले कारोबारमा सहज हुनेछ । दाजुभाइको सहयोग मिल्नाले काम छिटो बढ्नेछ । आत्मबल बढ्नाले काममा प्रशंसा मिल्नेछ । सानो यात्राको सुख मिल्नेछ भने वैदेशिक कामको फाइदा आउनेछ । साताको अन्त्यमा भने काममा ढिलासुस्ती हुने तथा पारिवारिक तनाव बढ्नाले काम रोकिन सक्नेछ । मित्रबाट सामान्य धोका हुनेछ ।

    वृश्चिक– प्रशन्नता एवं खुशियाली बढ्नेछ । साथीभाइसँगको भेटघाटमा रमाइलो गरिनेछ । बोलीको प्रभाव पर्नाले ठूलाबडासँग सम्बन्ध बढ्नेछ । भोजको सुख एवं पारिवारिक भेटघाट रहनेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन हुने, यात्राको सुख मिल्ने एवं भाइबन्धुसँगको सहकार्यमा अधुरा काम पूरा हुने देखिन्छ ।

    धनु – बढी खर्च हुनेछ । सरसामान हराउने एवं नोक्सानी बेहोर्नुपर्नेछ । अपव्यय हुनाले सञ्चित धनमा ह्रास आउनेछ । साताको मध्यमा भने पारिवारिक भेटघाट एवं प्रेममा प्रगति हुनेछ । रमाइलोमा खर्च हुनाले सञ्चित धनमा कमी आउनेछ । साताको अन्त्यमा भने धन सम्पति बढ्ने, घरजग्गाको कारोबारमा फाइदा हुने एवं नयाँ इष्टमित्रसँग सम्बन्ध अगाडि बढ्नेछ ।

    मकर– व्यावसायमा बढी लाभ हुनेछ । भोग बिलासमा खर्च हुने एवं घरायसी किनमेलमा पैसा जानेछ । आकस्मिक लाभ मिल्ने तथा साथीभाइको सहयोग आउनेछ । साताको मध्यमा भने यात्रामा सास्ती एवं खर्च बढ्नेछ । अप्रिय समाचार सुन्नुपर्ने एवं स्वास्थ्यमा बाधा हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति एवं योजनामा सफलता मिल्नेछ । आफन्तको सहयोगले काममा प्रगति देखिन्छ ।

    कुम्भ – काममा साथि भाइको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ । व्यापारमा फाइदा एवं धन सम्पतिको जोहो हुनेछ । कृषि एवं पशु
    चौपायाबाट आम्दानी बढ्नाले ऋणभार कम हुनेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने, शारीरिक बिसञ्चो हुने एवं अकस्मात् खर्च गर्नुपर्ने देखिन्छ । अरुको काममा व्यस्तता बढ्नाले व्यक्तिगत काममा वाधा पर्नेछ ।

    मीन– धर्म कर्ममा रुचि बढ्नेछ । सामाजिक एवं परोपकारी काममा सामेल भइनेछ । धार्मिक यात्रा एवम ठूलाबडासँग भेटघाट हुनेछ । रोजगारीको अवसर मिल्ने एवं प्रशंसाको भागिदारी भइनेछ । आम्दानीको श्रोत बढ्नाले धन सञ्चिती बढ्नेछ । सवारी साधनको सुख एवं नयाँ मित्रसँग रमाइलो हुनेछ ।

    ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
    सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…