• उर्लाबारी माघ ८ गते । उर्लाबारीमा जारी प्रथम मेयर कप अन्तर्गत सोमबार भएको खेलमा वडा नम्बर ९ विजयी भएको छ । उसले वडा नम्बर १लाई २–० गोल अन्तरले पछि पार्दै विजयी भएको हो ।
    दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो । वडा नम्बर ९को जितका लागि सुहाङ लिम्बू र बुद्ध लामाले एकरएक गोल गरेका थिए ।
    प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ९का बुद्ध लामा घोषित भए ।

    मंगलबारको खेल वडा नम्बर ५ र ४ बीच हुने खेल आयोजक कमिटीका सचिब भिष्म बुढाथाकीले जानकारी दिए ।  यसैबिच वडा नम्बर ९ का खेलाडीको लागि समाजसेबी सुन्दर श्रेष्ठ २५ हजार बराबरको ट्रयाक सुट सहयोग गरेका छन् । यस्तै, हङकङबाट सरस्वती सेम्बुले आफ्नो छोराहरु मार्फत ४ थान फुटबल र टिम सेटका लागि जर्सी सहयोग गरेको कमल फ्याकले जानकारी दिए । यसैगरी इन्द्र खापुङले वडा नम्बर ९ का खेलाडीको ब्यवस्थापनका लागि नगद १० हजार सहयोग गरेका छन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…