• हरि कोइराला
    कानेपोखरी(मोरङ) माघ ८ गते । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ ढिकुवाडाँगीकी जेष्ठ नागरिक विष्णुमाया लिम्बू आफ्नो वृद्ध भत्ता खोज्दै वडाध्यक्ष सुशील बुढाथोकीको टेवलमा पुग्नुभयो ।
    असारमा निर्वाचित भएर गाउँपालिका प्रवेश गरेपछि २०७४ असोज १५ गते मात्र पहिलो किस्ता वृद्ध भत्ता बितरण गर्ने अवसर पाउनु भएका वडाध्यक्षलाई विष्णुमायाको अघिल्लो महिनाको भत्ता मिलाइ दिने न त अधिकार थियो न त कुनै बजेट । वडाध्यक्ष बुढाथोकी भन्नुहुन्छ –उहाँको भत्ता कहाँ हरायो भनेर खोजि गर्न मात्र सकें । उहाँ थप्नुहुन्छ–‘भत्ता लिन ढिला आएकाले नियम बमोजिम रुपैयाँ फिर्ता पठाएको जानकारीमा आयो ।’ अर्की एकल महिला कल्कत्ति मुडीयारी आफ्नो २०७३ सालको अन्तिम २ किस्ताको वृद्ध भत्ता समेत आफुले नलगेको भन्दै उक्त रकम उपलब्ध गराइदिन पटक पटक कार्यालय धाउनु भयो । मुडियारीको समस्या माथि वडाध्यक्ष बुढाथोकी दत्तचित्त भएर लाग्नु भयो । बुढाथोकी भन्नुहुन्छ– खोजि गर्दै जाँदा मुडियारीले ल्याप्चे लगाएर रकम बुझेको कार्यालयको खातामा देखियो । तर, मुडियारी आफूले पैसा नलगेको जिकिर अझै पनि गरिरहनु भएको छ ।

    अझ बिधानी ऋषिदेव २०७३ सालको अन्तिम २ किस्ता र आफ्नो भत्ता कार्डका लागि वडाध्यक्षसँग गुहार मागिरहनु भएको छ । विधानीको मागले वडाध्यक्ष बुढाथोकीलाई झर्को समेत लागि सकेको थियो । तर जन निर्वाचित भएपछि विपन्न ,त्यो पनि अल्पसंख्यक सन्थाल र ऋषिदेव जातिलाई सम्झाउने बुझाउने काम आफैंमा चुनौति पूर्ण छ । तर ,बुढाथोकीले बिधानीको माग सम्बोधन गर्न कुनै कसर बाँकी राख्नु भएन । उहाँ भन्नुहुन्छ –‘म सँग अनुहार मिल्ने कर्मचारी साथीले बिधानीको अघिल्लो २ किस्ता र भत्ता कार्ड रोकेर राखेका रहेछन् । संयोगबस भत्ता बाड्दै गर्दा म सँग अनुहार ति मिल्ने कर्मचारी मेरै छेउमा आइ पुगेपछि मात्र बिधानीका आँखा खुले । त्यसपछि बिधानीको मागको गाँठो पनि वडाध्यक्षको पहलमा खुल्यो ।
    वडाध्यक्ष सुशील भन्नुहुन्छ–एक ब्यक्ति पिताजीको निधन भएको धेरै पछाडि सम्म पनि निरन्तर सुरक्षा भत्ता लिइ रहेको जानकारीमा आयो । पछिल्लो पटक आफैंले उनलाई रंगेहात फेला पारेपछि सुरक्षा भत्ता पाउने लिष्टबाट नाम हटायौं । त्यति मात्रै होइन धेरै मानिसहरू बसाई सराई गरेर गएपनि तिनीहरु सामाजिक सुरक्षा भत्ता लिइरहेको भेटिएको छ । प्रकृया मिलाएर दुबै ठाउँमा भत्ता बुझ्नेहरूलाई पनि हामीले निरुत्साही गरेका छौं । ।
    भत्ता लिन समयमा नआउदा भत्ता नपाउने अनि त्यसको जवाफ कसले दिने र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा हामीले वृहत छलफल गरेका छौं ।
    जनप्रतिनिधि स्वभावैले जनतालाई घर घर नै राज्यले दिएको सेवालाई पुर्याउन चाहन्छन । तसर्थ,बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्दा केहि आलोचना हुने जान्दा जान्दै हामीले बैंक खाता मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेका हौं ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…